आफ्ना पति रणवीरलाई ब्यागमा राख्न चाहन्छीन् दीपिका



२३ पुस २०७५, काठमाडौं

गत महिना विवाह बन्धनमा बाँधिएका नवजोडी नायक रणवीर कपुर र नायिका दीपिका पादुकोण अहिले बलिउड लाईम लाईटमा रहेका छन् ।

पिंकभिलाले लिएको एक अन्तर्वार्तामा नायिका पादुकोणले आफ्ना पति रणवीरलाई ब्यागमा राख्न चाहेको बताईन् । गएको शनिबार आफ्नो जन्मदिन पति रणवीरका साथमा मनाएकी दीपिकालाई उक्त अन्तर्वार्तामा केही तीन नाम बताउनुस, जसलाई तपाईं आफ्नो ब्यागमा राख्न चाहनुहुन्छ भन्दा उनले ‘मेरा श्रीमान् रणवीर कपुर, बहिनी र आमालाई ब्यागमा राख्न चाहन्छु’ भनेकी थिईन् ।

यात्राको समयमा आफूलाई मनपर्ने सबै कुरा ब्यागमा राख्न रुचाउने हुनाले यि तीन व्यक्ति पनि आफ्नो लागि एकदमै अमूल्य रहेकाले ब्यागमा राख्न चाहेको खुलाईन् ।

दीपिकाले आफ्नो जन्मदिनको अवसरमा इन्स्टाग्राम मार्फत ‘दीपिका पादुकोण डटकम ।’ नामक वेबसाइट सार्वजनिक समेत गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्