थुलुङ दुधकोशीमा बृहत ‘अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता’ हुँदै



२३ पौष २०७५, काठमाडौं

सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिकामा पहिलो ‘अध्यक्ष रनिङ शिल्ड–२०७५’ हुने भएको छ ।

खेलकूदको माध्यमबाट समाजमा सद्भाव तथा सहिष्णुता बढाउने उद्देश्यका साथ गाँउपालिकाले पहिलो पटक ‘अध्यक्ष रनिङ शिल्ड तथा बृहत खेलकूद प्रतियोगिता–२०७५’ संचालन गर्न लागेको गाँउपालिका अध्यक्ष असिम राईले जानकारी दिए । खेल आगामी माघ ५ देखि ७ गतेसम्म चल्ने बताईएको छ ।

प्रतियोगिताहरुमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, एथ्लेटिक्स, महिला तथा पुरुष म्याराथन प्रतियोगिता, मार्सल आर्ट्स, पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता नृत्य प्रतियोगिता तथा एकल ट्रयाक गायन प्रतियोगिता हुने अध्यक्ष राईले बताए ।

विस्तृत हेर्नुहोस्–

 

प्रतिक्रिया दिनुहोस्