
२३ पुस २०७५, संखुवासभा
भोजपुरको उत्तरी क्षेत्र दिङ्लामा पहिलो पटक टेम्पो गुड्न थालेको छ । दिङ्लामा ३ वटा टेम्पो सञ्चालनमा आएको छ । संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटमा पक्कि पुल नहुँदा डुुङ्गा तारेर ३ वटा टेम्पो शुक्रबार दिङ्ला पुर्याइएको थियो ।
टेम्पो सञ्चालनमा आएपछि दिङ्ला–सतिघाट, बैदारभञ्ज्याङ, चौतारा, निगुरे, चिउरिबोटे लगायत दिङ्ला आसपासका क्षेत्रका स्थानीयलाई सहज भएकोे चालक बिनोद विश्वकर्माले बताए ।
कच्ची सडकका कारण समयमा गन्तव्यमा नपुगिने र महँगो भाडादर तिर्न बाध्य भएका स्थानीय टेम्पो सञ्चालनमा आएपछि खुशी भएका छन् ।





