
२३ पुस २०७५, इटहरी
सर्वाधिक पुरस्कार राशी भएको दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अन्तरगत सेमिफाइनलका खेल सकिएका छन् । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लवले एपिएफ क्लवलाई २५–१६, २५–२१, १७–२५ र २५–२१ को सेटमा हराएको छ । दोश्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लवले गण्डकी प्रदेशलाई २५–२०, २५–१२ र २५–२० को सेटमा हराएको छ ।
आजको सेमिफाइनल खेल जितेसंगै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फाइनलमा प्रबेश गरेका छन् । एपिएफ र गण्डकी प्रदेश तेश्रो स्थानका लागी खेल्नेछन् । तेश्रो स्थानका लागि भोली बिहान ८ बजे र फाइनल खेल दिउँसो साँढे १ वजे हुने आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र सुनसरी खेलकुद विकास समितिको संयोजमा सुरु भएको खेल इटहरी रंगशालामा भएको हो ।
खेलमा प्रथम हुनेले रु. ४ लाख द्वितिय हुनेले रु २ लाख र तृतिय हुनेले रु १ लाख नगदको साथमा ट्रफि मेडल र प्रमाणपत्र पाप्त गर्ने आयोजकले जनाएको छ ।





