कपन प्रहरीद्वारा नक्कली सुनका कारोवारी पक्राउ



२२ पुस २०७५, काठमाडौँ

बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा नक्कली सुनको कारोवार गर्ने एक युवकलाई कपन प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थाई बसोवास सोलुखुम्बु भई हाल काठमाडौँ कपन खरीबोट बस्ने बर्ष ३५ को टाँसी शेर्पालाई कपन प्रहरी प्रभागका प्रहरी निरीक्षक मिन बहादुर कुँवर सहितको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

शंकास्पद रुपमा शेर्पाको कोठा चोक जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा सुन जस्तो देखिने १ के.जि. पहेँलो धातु निजको कोठाबाट बरामद गरी आवश्यक अनुसन्धान तथा कारबाहिको लागी महानगरीय प्रहरी वृत्त बौद्ध पठाईएको कपन प्रहरीले परिवर्तन खबरलाई जानकारी दिएको छ ।

२०५५ सालमा कर्तव्य ज्यान उधोगमा मा १० बर्ष जेलमा बसी निस्केका र बिगत समय देखिनै शेर्पा नक्कली सुन कारोबारमा संलग्न भई गत साउनमा समेत पक्राउ परेका थिए । टाँसी शेर्पाले फेसबुक मार्फत साथीहरु बनाउने, विभिन्नि समयमा नक्कली सुन देखाई प्रलोभनमा पारेर पैसा लिने गरेको र आफ्नो सुन तथा माला पसल छ भनी विभिन्न प्रलोभनमा पारी मानिसहरूलाई ठगी गर्ने गरेको अनुसन्धान बाट खुलेको छ ।

शेर्पाले हुम्ला जिल्ला याल्बा घर भई सिमिकोटमा किराना पसल गरी बस्ने बर्ष २७ को किरण ग्याल्जेन लामालाई बिहे गर्छु साथै बौद्धमा मेरो सुन तथा माला पसल छ लगानी नपुगेकोले सहयोग चाहियो भनेर ३ लाख ७० हजार नेपाली ठगी समेत गरेको कपन प्रहरी प्रभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्