नेपाल कुरियर सेवा सघंमा गोविन्द ढुंगेल



२२ पुस २०७५, काठमाडौं

कुरियर व्यवसायीहरूको छाता संठन नेपाल कुरियर सेवा सघं (कोसान) को २४ औँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । उक्त साधारण सभाले गोविन्द ढुंगेलको अध्यक्षतामा १५ सदस्य कार्य समिति गठन गरेको छ । भने सम्पूर्ण कार्य समिति सर्वसम्मत निर्वाचित हुन पुगेका छन् ।

कोसानको नव गठित १०औं कार्य समितिको अध्यक्षमा गोविन्द ढुंगेल, वरिष्ठ उपाध्यक्ष देवेन्द्र खड्का त्यस्तै उपाध्यक्षमा दुर्गा प्रसाद सुबेदी र अनिल राज भण्डारी रहेका छन् । महा–सचिवमा सञ्जय मण्डल र सचिवमा तिल राज खतिवडा र कोषाध्यक्षमा राजकुमार समरीको सहभागिता रहेको छ । यो सहित अन्य सात व्यवसायी केन्द्रिय सदस्यमा सर्वसम्मत चयन हुन पुगेको कोसानले जनाएको छ ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गरिरहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले देशले स्थाई सरकार पाएसँगै कुरियर व्यवसायीले राज्यसँग व्यवसाय सञ्चालनमा सहयोगी ऐन नियमको माग गर्न जायज भएको बताएका छन् । उनले अब बन्ने कुरियर ऐन व्यवसायी मैत्री बनाउन सबैको उत्तिकै दायित्व भएकोले हातेमालो गर्नु पर्ने बताएका छन् ।

विदेशमा सरकारी हुलाक सेवा सफल हुँदै जानुमा नीजि क्षेत्रको प्रत्यक्ष सहयोग रहेको पाईन्छ । नेपालमा समेत नीजि–सरकारी मोडेल पछयाउँदै हुलाक सेवा विभागलाई कर्पोरेशन अन्र्तगत सञ्चालन तैयारीमा रहेको सरकारी योजनाका बारेमा प्रष्ट पारेका छन् । यसबाट हुलाक सेवा बिभागका बीस हजार कर्मचारीबाट प्रतिफल पाउन सहज हुँदै जानेछ भने हुलाक सेवाको प्रविधि रुपान्तरण अत्यावश्यक भईसकेको उनले बताएका छन् ।

कोसानका अध्यक्षय गोविन्द ढुंगेलले प्रत्येक कुरियर व्यवसायीहरूको समस्या सुल्झाउन सघं हातेमालो गर्न तयार रहेको जनाएका छन् । उनका अनुसार यस तर्फका व्यवसायीहरू देशको जटिल भौगोलिक परिस्थितिका बाबजुद सातै प्रदेशमा सेवा उपलब्ध गराउन सफल भएका छन् । यस प्रयासले देशको वाणिज्य सहज तरिकाले सञ्चालन भएको छ, भने दशौं हजार नेपालीलाई प्रत्यक्ष रोजगार दिन समेत कुरियर व्यवसायी सफल हुँदै गएका छन् । कोसानलाई वाणिज्यको सहयात्रीको नामले परिचित गराउने क्रममा यस क्षेत्रका व्यवसायीहरू म बाट हामी भएर कार्यगत एकता गर्नुपर्ने तर्फ सबैको ध्यानाकर्षण गरेका थिए । त्यस्तै कोसानका महा–सचिव सञ्जय मण्डलले यस व्यवसायलाई मर्यादित बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । ग्राहक सेवालाई थप सहजीकरण गरी द्रुत सेवा उपलब्ध गराउन प्रविधि प्रयोगलाई सबै व्यवसायीले प्राथमिकता दिनुपर्ने उनको जिकिर थियो । तर राजस्व अनुसन्धान विभागले यदा–कदा अवैध सामान चेकजाँचको नाममा अन्तरदेशीय कुरियरका व्यागेज बिच बाटैमा खोली व्यवसायीहरूले खेप्दै गरेको हैरानी बन्द हुनुपर्ने उनले  माग राखेका छन् भने कुरियर सेवा सञ्चालन र नियमनमा राज्यको प्रष्ट नीति आउनु पर्दछ । किनकि नितीकै कारणले व्यवसाय सञ्चालनमा प्रशासनिक झन्झटको सामना गर्न व्यवसायी वाध्य हुनु परेको छ । त्यस्तै त्रिबि अन्तर्राष्ट्रिय बिमानस्थलबाट सामान छुटाउन व्यवसायीलाई सहज वातावरण तयार गर्नुपर्ने राज्यको जिम्मेवारी भएको उनको जिकिर थियो ।

कोषाध्यक्ष राजकुमार सामरीले सघंबाट एयरवेज बिल र वस्तु उत्पतिको प्रमाण पत्र उपलब्ध गराउँदै प्राप्त भएको आम्दानीबाट कोसान आर्थिक रूपमा सबल बन्दै गएको जानकारी गराएका छन् । आगामी दिनमा कोसानले त्रि.वि विमानस्थल र नयाँ बसपार्कमा सर्भिस काउन्टर राखी थप सेवा उपल्बध गराउने योजना रहेको बताएका छन् । अन्य वक्ताहरूले कुरियर व्यवसायको समृद्धि र विकासका बारेमा रोजक तर्क राखी गफिदै थिए ।

प्रतिक्रिया दिनुहोस्