
२० पुस २०७५, काठमाडौं
विगत लामो समयदेखि निर्माण कार्यमा अवरोध भईरहेको सितापाईला भिमढुङ्गा सडक बाटोको प्रनिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले निरीक्षण गरेका छन् ।

सांसद श्रेष्ठद्वारा निरीक्षण तथा स्थानीय जनसुदायसँग बाटोको विषयमा छलफल गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्य, केशव पोखरेल, नार्गाजुन नगरपालिका उपमेयर सुशिला अधिकारी, नार्गाजुन नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष करुण कुमार बलामे, तथा नार्गाजुन नगरपालिका कार्यकारी अधिकृत कृष्ण सापकोटाको उपस्थिति रहेको थियो ।

सितापाइला भिमढुङ्गा सडक बाटो २२ मिटर कायम गरि स्तरोन्नति गर्ने कार्यमा लामो समयदेखि अवरोध भईरहेको हुनाले हाललाई उक्त बाटो ११ मिटर नै कायम गराउने गरि निर्माण कार्यलाई तिब्र रुपमा अगाडी बढाईएको छ ।






