सभामुख कप : एपिएफ, पुलिस, प्रदेश ५ र प्रदेश ३ विजयी



२० पुस २०७५, इटहरी

सर्वाधिक पुरस्कार राशी भएको दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत शुक्रवार चार खेल भएका छन् । शुक्रबारको पहिलो खेलमा विभागीय टोली एपिएफले प्रदेश नं. ५ लाई  २६–२४, २६–२४ र २५–१५ को सेटमा हराएको छ भने दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले पनि प्रदेश नं २ लाई पराजित गरेको छ । पुलिसले  प्रदेश २ लाई २५–९,२५–१८ र २५–६ को सेटमा हराएको हो ।

त्यस्तै शुुक्रबारकै अर्को खेलमा प्रदेश नं ५ ले प्रदेश नं ७ लाई २५–१६, २५–१७ र २५–१९ को सेटमा हराएको छ । त्यस्तै अन्तिम खेलमा प्रदेश नं ३ ले प्रदेश नं २ लाई २५–२१, २७–२८ र २५–२३ को सेटमा हराएको छ ।

इटहरी रङ्गशालामा हिजोबाट सुरु भएको खेल २३ गतेसम्म चल्नेछ । भोलीबाट भने क्वाटरफाइनलका खेल हुने आयोजकले जानकारी दिएको छ ।  राष्ट्रिय खेलकुद परिषद्को आयोजना र सुनसरी खेलकुद विकास समितिको संयोजनमा सुरु भएको खेलमा ३ विभागीय टोली र ७ प्रदेशका ७ टिम सहित १० टोलीको सहभागिता रहेको थियो ।

खेलमा प्रथम हुनेले रु.४ लाख द्वितीय हुनेले रु २ लाख र तेस्रो हुनेले रु १ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्