किराँत राई विद्यार्थी संघ पशुपति इकाई समितिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न



२० पौष २०७५, काठमाडौं

किराँत राई विद्यार्थी संघ पशुपति इकाई समितिको आयोजनामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पूर्ण संघियता र वैज्ञानिक शिक्षाको लागि विद्यार्थी आन्दोलन, किराँत स्वायक्त राज्य निर्माण गर्न गाँउ जागरण अभियान, भन्ने प्रमुख मोट्टो भएको किराँत विद्यार्थी संघले आज सो कार्यक्रम सम्पन्न गरेको हो ।

सिफलस्थित पशुपतिको क्याम्पसमा सम्पन्न भेलाले किराँतीहरुको भाषा, संस्कृति तथा परम्परालाई जगाईराख्नु पर्ने कुरामा जोड दिएको थियो । कार्यसमिति पुनर्गठनपछिको पहिलो सो भेलाले किराँत विद्यार्थीहरु एक सामान्य नागरिक मात्र नभएर देशकै कर्णधार हुन् भन्ने कुरालाई पनि जोड दिएको थियो ।

पशुपति इकाई समिति अध्यक्ष ममता राईको सभापतित्व तथा किराँत विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष जितेन राईको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा करिब २०० जना किराँत तथा गैर– किराँतीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्