लगानी सम्मेलनको तयारी तिव्र



२० पुस २०७५, इटहरी

इलाम नगरपालिकाले प्रदेश १ मा नै गर्ने पहिलो लगानि सम्मेलनको तयारी तिव्र पारीएको छ । संघिय सरकारका प्रधानमन्त्री केपी सर्मा ओलीले आगामी पौष २० गते उद्घाटन गर्ने सम्मेलनको तयारीमा इलाम नगरपालिका सक्रीय रुपमा लागेको हो ।

‘४ करोड हाराहारीको आन्तरिक आम्दानी हुने हाम्रो नगरपालिकाले लगानी सम्मेलन र प्रधानमन्त्रीको नागरिक अभिनन्दन सँगै गर्दैछ’, सञ्चारकर्मी संगको कुराकानिमा सम्मेलनको व्यवस्थापनको लागि उपसमितिमा रहेका वडा नम्बर ५ का अध्यक्ष ठाकुर श्रेष्ठले भने, ‘यसबाट हाम्रो नगरपालिका र नगरवासी दुवैमा उत्साह छाएको छ ।’

इलामको गौतम बुद्ध सभाहलमा हुने लगानी सम्मेलनमा नेपालका स्थापित लगानीकर्ता, व्यापारिक घराना र उनीहरूका प्रतिनिधि आउँदैछन् । लगानी सम्मेलन अगाडि इलामका मेयर महेश बस्नेतले विभिन्न क्षेत्रमा भ्रमण गरेर सम्भावित लगानीकर्तासँग छलफल पनि चलाएका थिए ।

लगानि सम्मेलन संगै प्रधानमन्त्री केपी सर्मा ओलिको नागरीक अभिनन्दन समेत गरीदै छ । सम्मेलनको उद्घाटनका दिन नै प्रधानमन्त्रीलाई अभिनन्दन गरीने इलाम नगरपालिकाले बताएको छ

प्रतिक्रिया दिनुहोस्