राष्ट्रपति भण्डारीद्वारा इटहरीको कृषि प्रदर्शनीको अवलोकन



२० पुस २०७५, इटहरी

दुई दिने औपचारिक भ्रमणका लागी प्रदेश १ आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराको अवलोकन गरेकी छन् । बुधवार झापाका विभिन्न कृषि संस्थाको अवलोकन लगेकी भन्डारीले कृषि अनुसन्धान केन्द्र इटहरीले आयोजना गरेको कृषि प्रदर्शनीको समेत अवलोकन गरेकी छन् । आधुनिक कृषि प्रणालीबाट उत्पादन भएको बस्तुका साथै कृषि क्षेत्रमा प्रयोग भएका औजार उपकरणहरू समावेश गरिएको प्रदर्शनीमा भण्डारीले अवलोकन गरेकी हुन् ।

प्रदर्शनीको अवलोकन गदै राष्ट्रपति भण्डारीले देशको मेरुडण्डको रूपमा रहेको कृषि क्षेत्रलाई अझ प्रभावकारी रूपमा फैलाउनु पर्नेमा जोड दिइन् । सरकारले पनि कृषिलाई महत्त्वपूर्ण आधार मानेर बजेट विनियोजन गरेको बताउँदै कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै लान अति आवश्यक भएको भण्डारीको भनाई छ ।

अवलोकन पछि भण्डारीलाई प्रदेश १ को कृषि क्षेत्रको अवस्था र चुनौतीको विषयमा जानकारी गराइएको थियो । राष्ट्रपति भण्डारीसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेतले प्रदर्शनीको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्