नवनियुक्त प्रधानन्यायाधीशको सपथ ग्रहण सम्पन्न



१८ पुस २०७५, काठमाडौं

आज सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका माननीय न्यायाधीश चोलेन्द्र शमशेर ज.व.रा.लाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमासम्माननीय राष्ट्रपति समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शमशेर ज.व.रा.ले सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सपथ ग्रहण समारोहमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, प्रतिनिधि सभाका सम्माननीय सभामुख, माननीय मन्त्रीहरु, प्रतिनिधि सभाको माननीय विपक्षी दलको नेता, सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु, न्यायपरिषदका माननीय सदस्यहरु, संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्