बिग ब्याशपछि सन्दीप बंगलादेश प्रिमियर लिगमा अनुबन्धित



१८ पौष २०७५, काठमाडौं

बिग ब्यास लिग अन्तर्गत मेलबर्न स्टार्सको लागि ४ वटा खेल खेलेपछि सन्दिप लामिछाने बंगलादेश प्रस्थान गरेका छन् । मेलबर्न स्टार्सले चौथो खेलमा मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गरेको थियो । खेलमा सन्दिपले १ विकेट लिने क्रममा कप्तान टम कुपरको विकेट लिएका थिए ।

लिगको ४ खेलमा ८ विकेट लिंदै सानदार प्रदर्शन गरेका सन्दिप रेनेगेड्ससंगको खेल सकिएको दिननै सन्दिप बंगलादेश प्रस्थान गरेका हुन् । सामाजिक संजालमा प्लेनमा बसेको फोटो राख्दै उनले आफु बंगलादेश हिडेको जानकारी गराएका हुन् ।

बंगलादेश प्रिमियर लिग जनवरी ५ देखि सुरु हुँदैछ, जसका लागि सन्दीप त्यसतर्फ गएका हुन् । सन्दिप स्यलहेट सिक्सर्सबाट खेल्दै छन् जसको कप्तानी अस्ट्रेलियान खेलाडी डेभिड वार्नरले गर्दैछन् ।

स्यलहेटले जनवरी ६ तारिकमा तामिम इकबाल कप्तानीको टिम कोमिल्ला कोमिल्ला भिक्टोरिएन्ससंग खेल्दै लिगको सुरुवात गर्नेछ । यस्तै लिगको दोश्रो खेल जनवरी ९ तारिकमा चिट्टागोंग भिकिङ्गस तथा जनवरी १२ तारिकमा ढाका डाइनामाइट्ससंग खेल्नेछ। लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ जसको लिग चरणको खेलहरु फेब्रुअरी २ तारिकसम्म चल्नेछ ।

किन गए सन्दीप बंगलादेश प्रिमियरमा ?

बिग ब्यास लिग खेल्दा खेल्दै बंगालदेश प्रिमियर लिग खेल्नुको पछाडीको कारण उनले बंगलादेश प्रिमियर लिग टिम स्यलहेट सिक्सर्सको लागि गरेको पुर्व सम्झौता हो । बिग ब्यास खेल्नु अघिनै उनलाई स्यलहेट सिक्सर्सले अनुबन्ध गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्