एक पर्यटकीय स्थल : नुवाकोटको ककनी, नेपाली प्रेमील जोडीदेखि विदेशी नागरिकसम्मको सपनाको संसार



१६ पौष २०७५, काठमाडौं

काठमाडौं हुँदै करिब उत्तरी दिशातिर २० किलोमिटर अगाडी बढेपछि एक साक्षत स्वर्ग पुगेको महसुस हुन्छ ।

जहाँ अनेकौं किसिमका डाँडा, भिर, पाखा, पखेरा तथा मानवनिर्मित केही त्यस्ता दृश्यहरु देखिन्छन् ।

जसले आभाष गराउँछ, यो साक्षत स्वर्ग हो भनेर ।

दृश्यहरुलाई नियालिरहँदा यस्तो लाग्छ । जुन, ठाँउ वास्तवमै वर्णन गर्न योग्य छ । पूर्वेली गितहरुमा प्रशस्तै गाईएका तर, विश्व रेकर्डमा लेख्न भने भुलिएका ठाँउ…. जुन ठाँ हो,,,,ककनी गाँउपालिको मुटुमै अवस्थित एक दृश्यात्मक ठाँउ ।

जहाँ पुगेपछि मान्छेले आफुलाई कुनै पनि पिंडा तथा तनावबाट रिलिफ फील गर्न सक्छन् ।

नुवाकोट जिल्लाको ककनी गाँउपालिकाको बिचतिर पर्ने यो ठाँउ झट्टै हेर्दा कसैको सपनाको संसार भन्दा कम जस्तो लाग्दैन । स्वदेशी तथा विदेशीको पाहुनाहरुको आगमन तथा बहिरगमन भईरहने त्यो ठाँउ एक राम्रो सम्भावना बोकेको पर्यटकीय स्थल पनि हो ।

जहाँ एकै दिनमा घुम्न, वनभोजको कार्यक्रम लिएर आउने, दृश्यावलोकन र ककनीको सुन्दर दृश्यमा आफुलाई केही छिनको लागि भएपनि खुसीमा विलिन गर्न चाहने पाहुनाहरुको दिनहुँ धेरैको संख्यामा आउने गर्दछन् ।

त्यत्ति मात्र कहाँ होर ? जहाँ प्रेमील जोडीहरुले पनिआफुलाई कुनै आत्मियमा लिप्त गराउँन चाहन्छन् ।

विशेष अर्को कुरा त के भने, त्यहाँको विभिन्न चराचुरुङ्गीहरुको चिरबिर आवाजले त घुम्ने पर्यटकलाई हर्षको विरामी बनाउँछ । त्यहाँबाट देखिने विभिन्न हिमश्रृंखलाहरुले त झन् मानिसलाई तानिरहन्छ, हर्दम, हरपल अनि हर समय ।

 

ति सेता दाँतका लहर देखाएर हाँसिरहेको हिमालहरु हेर्नैमा मज्जा । लाग्छ केही भनिरहेको छ, हामीलाई सुनिरहुँ जस्तो सधैं, देखिरहुँ जस्तो हमेशा ।

भुलिरहुँ जस्तो सबै दुःखका दिन अनि सुम्पिदिउँ जस्तो सर्वस्व ति प्रकृतिको छठ्टालाई ।

भुल्ने गाह्रो त्यहाँको विभिन्न बोटविरुवा तथा अन्य बुट्यानहरुको मायाँ, चराहरुको चिरबिरको मोहनी, त्यहाँको सिरसिर हावाको स्पर्श, मानिस आगमनको प्रभाव ।

एक सुन्दर र सानो नेपाल नेपालभित्र समेटिएका यस्ता हजारौं पर्यटकीय स्थल, जसको सौन्दर्य छ, तर चर्चा भने कमै छ ।

यस्ता ठाँउहरु, कुराहरु हाम्रो पूर्खाहरुको नासो हो । यस्ता ठाँउहरुको संरक्षण गर्नमा हामीमा कर होईन, चासो हुनुपर्छ ।

अन्त्यमा–

नेपालले अपनाएको ‘अतिथि देवो भव’ : कार्यक्रम पनि पर्यटक तथा पर्यटकीय स्थ

लसँगै सम्बन्धित छ ।

यस्तो कार्यक्रमहरुलाई समेत अगाडी ल्याईसकेको नेपालले अब भने यस्ता पर्यटकीय स्थलहरुलाई प्राथमिकताका साथ हेर्नु जरुरी छ ।

‘हाम्रो पाहुनालाइ नमस्तेले स्वागत गरौं ।’ भन्ने नाराका साथमा सुरु भएको यो कार्यक्रमले नेपालमा भएको यस्ता हजारौं पर्यटकीय स्थलहरुलाई अगाडी ल्याउनमा सहयोग गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्