
पौष २०७५, काठमाडौं
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज विभागीय डर्बीमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्दैछन् । खेल एपीएफको घरेलु मैदानमा आज दिउँसो साढे २ बजे सुरु हुने बताईएको छ ।
नेपाल प्रहरीले एपीएफलाई हराए तालिकाको तेस्रो स्थानमा रहेको थ्रीस्टारसँगको अंक दूरी घटाउने छ । थ्रीस्टारको २३ अंक छ भने पाँचौ स्थानमा रहेको नेपाल प्रहरीको १८ अंक छ । मंगलबारको खेलमा विजयी भए उसले नेपाल आर्मीसँग अंक बराबरी गर्नेछ । त्यस्तै तालिकाको सातौँ स्थानमा रहेको एपीएफको भने १७ अंक छ ।
उसले आजको खेल जिते २० अंकसहित पाँचौँ स्थानमा हुनेछ । त्यस्तै आजै हुने अर्को खेलमा च्यासल युवा क्लब र सरस्वती क्लब आमने सामने हुने छन् । १५ अंकसहित तालिकाको आठौँ स्थानमा छ । च्यासल भने अंकतालिकाको १० औँ स्थानमा छ ।
लिग चरणमा बुधबार भने उपाधि विजेता मनाङ र हिमालयन शेर्पा क्लब आमनेसामने हुने छन् भने दोस्रो स्थानको दौडमा रहेका थ्रीस्टार र संकटा भिड्नेछन् ।





