बिग ब्याश : सन्दीप आज चौंथो खेल खेल्दै



१७ पौष २०७५, काठमाडौं

नेपाली लेग स्पेनर सन्दीप लामिछानेले बिग ब्याश लिग क्रिकेटमा आज चौथो खेल खेल्दै छन् । नेपाली समयअनुसार दुई बजे मेलबर्न क्रिकेट मैदानमा खेल सुरु हुने बताईएको छ ।

सन्दीप रहेको टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका तीनै खेल खेलिसकेका सन्दीपले आजको खेलमा पनि खेल्ने निश्चित जस्तै छ ।

अष्ट्रेलियामा आफ्नो खेल कौशल देखाइरहेका सन्दीपले अहिलेसम्म तीन खेलबाट सात विकेट लिइसकेका छन् । उनले डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै विकेट लिन सफल भएका थिए । सन्दीपले आजको खेल कस्तो खेल्छन्, उनका फ्यानहरुमा उत्सुकता छ ।

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए । तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध पनि दुई विकेट लिएका थिए ।

तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको मेलबर्न रिनेगाडेसले चार अंक बनाएर लिगको दोस्रो स्थानमा छ । मेलबर्न स्टार्स भने लिगको छैटौं स्थानमा छ । उसले खेलेका तीन खेलमध्ये दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्