मिस शेर्पाको उपाधी दोलखाकी दाबुटी शेर्पालाई



१६ पौष २०७५, काठमाडौं

दोलखाकी दाबुटी शेर्पा यसपटकको ‘मिस शेर्पा’ को ताज पहिरिन सफल भएकी छिन् । दिपास इन्टरनेसनलको आयोजनामा काठमाडौंको रामहिटीस्थित रामनगर पार्टी प्यालेसमा डिसेम्बर ३० मा भएको मिस शेर्पाको पाँचौ संस्करणको फिनाले उनले ‘मिस शेर्पा’ को उपाधी पाएकी हुन् ।

८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधी होड जितेकी उनले मिस बेस्ट ट्यालेन्टको अवार्डसमेत हात पार्न समेत सफल भएकी थिईन् । उनलाई टाइटल विजेता ‘मिस शेर्पा’–२०१७ की विजेना सोनाम डोल्मा शेर्पाले ताज पहिर्याईदिएकी थिईन् । उपाधीसँगै उनले नगद ३० हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् । त्यसैगरी उनी मिस इन्टरनेसनल टुरिजममा सहभागी हुनसमेत पाउनेछिन् ।

तपाई आज ‘मिस शेर्पा’ को विजेताको हिसाबले मिस टुरिजमको प्रतिस्पर्धामा सहभागी हुन जाँदै हुनुहुन्छ ?

सरकारले २०२० लाई पर्यटन वर्ष मनाउँदैछ र सरकारले २० लाख पर्यटक भित्रयाउने योजना बनाएको छ । तपाईले मिस टुरिजममा जाँदाखेरि २० लाख पर्यटक भित्र्याउन के सम्भावना देख्नुहुन्छ ?

लगायतका अन्य प्रश्नहरुको रवाफिलो जवाफ दिदै उनले यो वर्षका ‘मिस शेर्पा’ को ताज पहिरिएकी हुन् ।

उनले सबै प्रश्नको जवाफ दिदै भेनेकी थिईन्– ‘हाम्रो सुन्दर शान्त विशाल देश, जुन विश्वको सर्वोच्च शिखर सँगसँगै विभिन्न हिमाल छन् । २०२० को टुरिजम एअरलाई सफल बनाउन यसको प्रचार गर्नुका साथै हिमालहरुको सुचना प्रवाह गर्नुपर्छ । विकट ठाउँमा रहेका हिमालहरुको नामलाई चिनाउन जरुरी छ’ ।

उनी क्याफे मितिनीकी चिफ सुपरभाइचरसमेत तथा एक कुशल सगरमाथा आरोहीसमेत हुन् । उनले नेपाली कफीको प्रचार गर्दै गत सिजनमा सगरमाथा आरोहण गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्