दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिता इटहरीमा



१५ पुस २०७५, इटहरी

रोल्पामा पहिलो संसकरण सम्पन्न भएको सभामुख कप पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण सुनसरीको इटहरीमा हुने भएको छ । सुनसरी जिल्ला खेलकुद बिकास समितिको आयोजनामा पुस १९ गतेदेखि २३ गतेसम्म इटहरीको क्षेत्रीय रंगशालामा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता हुने इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।

शाररिक तथा मानसिक बिकास र अनुसाशनका लागी खेलकुदको पहुच बढाउने तथा खेलाडी, सम्बन्धित निकाय र खेलप्रेमी बिचको सम्बन्ध बिकास गर्न प्रतियोगिता आयोजना गरिएको ।

प्रतियोगितामा नेपालका सातै वटा प्रदेशका टिम सहित बिभागीय टिमहरु एपीएफ, नेपाली सेना र नेपाल प्रहरी क्लब गरी १० वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा बिजयी टिमलाई पुरस्कार राशी थपेर ४ लाख नगद पुराइएको समितिका अध्यक्ष अनुरोध थापाले जानकारी दिए । यस अघि रोल्पामा सम्पन्न पहिलो संस्करणमा ३ लाख नगद पुरस्कार राशी राखिएको थियो । यस्तै दोस्रो बिजयी टिमलाई २ लाख नगद पुरस्कार राखिएको छ । बिजयी सबै टिमलाई नगद सहित सिल्ड, मेडर र प्रमाणपत्र प्रदान गरिने जानकारी गराइएको छ । साथै तृतीय टिमलाई १ लाख नगद समेत प्रदान गरिने छ ।

बिधागत तर्फबाट उत्कृष्ट खेलाडीलाई २५ इन्चको एलइडी टिभी, उत्कृष्ट स्पाइकर, बलर, सेटर, डिफेन्डर र सर्वरलाई जनही ५ हजार नगद सहित सिल्ड प्रदान गरिने आयोजक समितिका प्रचार प्रसार संयोजक बिक्रम थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्