
१३ पुष २०७५, काठमाडौँ
बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित एकिकृत नगर योजना तर्जुमा पुनर्लाभ, पुनर्निर्माण, विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकुलबारे अभिमुखिकरण कार्यक्रम युएनडिपिको सहयोगमा किंग्स फुडल्याण्ड गोल्फुटारमा सम्पन्न भएको छ ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशेष अतिथि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव जीवलाल भूषाल, बूनपा नगर उपप्रमुख रमादेवी राई, प्रमु्ख प्रशासकिय अधिकृत प्रदिप पौडेल युएनडिपिका कार्यक्रम विश्लेषक रफिक सिद्दिकी, बूनपा विभिन्न वडाका वडाध्यक्ष तथा वडा सदस्यहरु लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि अधिकारीले भुकम्पबाट भएको क्षति पुनःनिर्माण उत्कृष्ट बनाउनकोलागि उक्त जिम्मेवारी स्थानीय तहलाई दिएको बताउदै उनले भविष्यमा हुन सक्ने विपद र जलवायु परिवर्तनका जोखिमलाई न्यूनीकरण गर्न हाम्रो उक्तिकै भूमिका हुने समेत स्पष्ट पारेका थिए ।
उनले एकीकृत पुनर्लाभ तथा स्थानीय तह योजना तर्जुमा निर्देशिकामा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै नगर प्रमुख खरेलले नगरले दिने सेवा सकेसम्म समस्या नहुने र राम्रोसँग दिनुपर्ने बताए ।
खरेल भन्छन्, ”भुकम्पले हामी मर्ने हैन हामीले बनाएका सम्रचनाले नै हामी मर्ने हो ।”
त्यसैले विकास निर्माणका सम्पुर्ण काम गर्दा गुणस्तरमा राम्रोसँग ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

एकिकृत नगर योजना तर्जुमा पुनर्लाभ, पुनर्निर्माण, विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकुलबारे अभिमुखिकरण कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव जीवलाल भूसालले सहभागीलाई प्रशिक्षण दिएका थिए ।
बूनपा नगर प्रमुख उद्धव खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले स्वागत मन्तव्य तथा संचालन प्रशासन प्रमुख एक नाथ बास्तोलाले गरेका थिए ।





