बडि बिल्डिङमा नेपाललाई स्वर्ण पदक दिलाउने महर्जनलाई ३ लाखसहित सम्मान गरिने



१२ पौष २०७५, काठमाडौं

थाईल्याण्डको चाङमईमा शारिरीक सुगठनमा नेपाललाई स्वर्ण पदक दिलाउने नेपालका महेश्वर महर्जनलाई सम्मानित गरिने भएको छ ।

नेपाल बडि बिल्डिङ एशोसिएशनले महर्जनलाई रु ३ लाखसहित सम्मानित गर्न लागिएको हो । थाईल्याण्डको १० औं विश्व च्याम्पियनसिमा स्वर्ण जितेर नेपालको नामलाई उच्च पारेकाले उनलाई सो सम्मान गर्न लागिएको बताईएको छ ।

महर्जनले पुरुष ७५ केजीमा भारतको प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितको थिए ।

प्रतिक्रिया दिनुहोस्