बालबालिकालाई लक्षित गर्दै कपनमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न (भिडियोसहित)



१२ पौष २०७५, काठमाडौं

‘हर प्रहर, गाँउ घर र नगरी ! टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ आज समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।

कपन, सरस्वतीनगरस्थित गोल्डेन पिक आवसीय विद्यालयमा भएको कार्यक्रमले शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि बालबालिकालाई आधारभूत सुरक्षाको जानकारी प्रदान गरेको छ ।

विशेष गरि बालबालिकालाई टार्गेट गरि आयोजना गरिएको कार्यक्रममा चेतनामुलक डकुमेन्ट्रीसमेत शो गरिएको थियो । डकुमेन्ट्रीमा बालबालिकालाई अभिभावकले उचित समय तथा हेरचाह नगर्दा के हुन्छ ? भन्ने कुरालाई देखाउँन खोजिएको छ ।

कार्यक्रममा बालश्रम, बालयौन दुर्व्यवहार, बालबालिका बेचबिखन, बाल बिबाह तथा अभिभावकले जान्नेपर्ने कुराहरुलाई समेटेर बालबालिकाहरुलाई सूचित गर्ने काम प्रहरीबाटै गरिएको थियो ।

अन्त्यमा !

नेपालको संवैधानिक इतिहासमा पहिलो पटक सार्व–भौमसत्ता सम्पन्न जनताका प्रतिनिधिमार्फत संविधानबाट जारी नेपालको संविधान–२०७२ ले बालबालिकाको हकलाई मौलिक हकको रुपमा संवैधानिक प्रत्याभूती प्रदान गरेको छ ।

जसअनुसार नेपालको पछिल्लो समयको अवस्था हेर्दा सो प्रत्याभूति नभएको पाईन्छ ।

नेपालको पछिल्लो समयको अवस्थालाई नियाँलिरहँदा यस्ता खालका कार्यक्रमहरु हुन आवश्यक छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्