माफद्वारा आयोजित छात्रा भलिबल सम्पन्न



०५ पुस २०७५, काठमाडौँ

म्युचल एकेडेमीक एक्टीभिटीज फोरमद्वारा आयोजित छात्रा भलिबल प्रतीयोगिता क्याम्ब्रीज पब्लीक स्कुल पुरानो बानेश्वरमा सम्पन्न भएको छ ।

उक्त खेलमा विज किड्स प्रथम लाइसम स्कुल द्वितिय क्याम्ब्रिज पब्लीक स्कुल तृतीय  र चौथो ग्लोबल पब्लीक स्कुल भएका छन् । उक्त कार्यक्रमको पुरस्कार राशी शिल्ड मेडल सहित नगद रु दस हजार, पाँच हजार र तीन हजार रहेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बहादुर विष्टको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न भलिबल खेल क्षेत्रमा आवद्ध विभिन्न व्यक्तित्व तथा वौद्धिक वर्गका शिक्षासेवीहरुको उपस्थीति रहेको थियो ।

परिवर्तन खबरलाई सक्षिप्त प्रतिक्रिया दिदैं वालवालिकाको शारिरीक तथा मानसिक विकासका लागि भलिवल खेल महत्वपूर्ण भएको माफ की उपाध्यक्ष्य तथा उक्त कार्यक्रमकी संयोजक  रिता राई दाहालले बताउनु भयो । उहाँले भन्नु भयो, ‘भविश्यमा गएर राष्ट्रिय खेलकुदका लागि यो प्रतियोगिताले खेलाडी उत्पादन गर्न सक्छ ।’

माफद्वारा आयोजित उक्त कार्यक्रम हरेक बर्ष हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्