‘व्याकुल माईला’ को एउटै मालामा अटिएका हामी नेपाली



१० पौष २०७५, काठमाडौं

‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली

प्रकृतिका कोटी–कोटी सम्पदाको आँचल
बिरहरुका रगतले स्वतन्त्र र अटल

ज्ञानभूमी शान्तिभूुमी तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमी नेपाल

बहुजाती भाषा, धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल’

एउटा यस्तो गित, जुन गितले एक हरफभित्र नेपालीहरुको कथा, गौरव अनि व्यथालाई अटाईएको छ ।

यो गितलाई सुनेपछि धेरै मान्छेले सोच्नेछन्, म त नेपाली, म नेपाली भएकोमा गर्व गर्छु । किनकी यसमा त्यो चिज जस्ताको तस्तै छ । जे नेपालीहरुसँग छ ।

नेपाल एक सानो तर, सुन्दर देश हो, धेरै जातजाती, धर्म, संस्कृति, तथा परम्परा अपनाएका जातीहरु बसोबास गर्छन् । अनि गितमा पाईन्छ, तिनै नेपालीत्वहरु, तिनै गुणहरु,,,,,

अनि एउटा यस्तो लेखक, जसले नेपालीहरुसँग भएको कला, भाषा तथा रीति रिवाजलाई आफ्नो एउटै मालामा उन्न सके । यस्तो एउटा रचना जसले नेपालीहरुलाई बाँच्न सिकाएको छ, हाँस्न सिकाएको छ, अनि नेपालीत्वको भावना साट्न सिकाएको छ ।

“सामाजिक यथार्थ तथा जीवनलाई बोध गराउने र भौतिक एवं आत्मिक रुपले रुपान्तरित गर्न सहयोग पुर्याउने शसक्त माध्यम हो ।” साहित्य,,,,,,,यहि धारको एक सर्जक नेपाल राष्ट्रको राष्ट्र गानको रचनाकार– प्रदीपकुमार राई ‘व्याकुल माईला’

यहाँ धेरै मानिस पाईन्छन् साहित्यमा रमाउनेहरु, अनि धेरै पाईन्छनन् साहित्य पारखीहरु, पनि……..

तर, त्यस्ता सर्जक अनि श्रष्ठा कमै भेटिन्छन्, जसले नेपाल, नेपाली, नेपालीत्वलाई रदिफ, काफिया, तखल्लुस तथा तुकको संयोजनमा राख्न सकोस् ।

यस्तै गुणले युक्त एक सर्जक हुन् उनी……. जसले नेपाल राष्ट्रको राष्ट्रगान लेखेर एक प्रशिद्ध ब्यक्ति बने । जसले नेपालीहरुलाई एउटै सुत्राधारमा बाँधेका छन् ।

वि. स. २०२८ चैत्र २५ गते जन्मिएर ओखलढुगांको हरियाली पाखा पखेरमा हुर्केका उनी अहिले राष्ट्रगानका रचनाकार हुन् । सानैदेखि साहित्यमा विशेष झुकाव राख्ने उनी पछि त साँच्चै नै एक कुशल साहित्कार नै बने ।

उनले धेरै गित, गजल तथा कविताहरुलाई पनि स्थान दिने गर्छन् । सानैदेखि नै लेख्नमा रुची राख्ने अहिले पनि लेखन कार्यलाई जारी राखेका छन् ।

यो सबै कुराहरु भईरहँदा उनी भन्छन्, यसको श्रेय म मेरो दाई गणेश राईलाई पनि दिन चाहन्छु । म मेरो दाई गणेश राईको नाम लिन पनि छुटाउँदिन । किनकी उहाँले मलाई लेखन कार्यका लागि झकझकाईरहनु हुन्थ्यो ।

वि. स. २०४६ सालमा एसएलसी दिएपछि नयाँ भविष्यको खोजीमा काठमाडौं आएका उनले अन्ततः सफलतालाई आफ्नो हातमा लिएरै छोडे । सफल व्यक्ति बनेरै छोडे । 

गाँउको तुनलामा राम्रै परिवारमा जन्मिएका ‘व्याकुल माईला’ पछि विएल पढाईसँगै वकिल बन्ने कसरतबाट पनि टाढा रहेनन् । एकपछि अर्को संघर्षको खुड्किलाहरुलाई पछि पार्दै उनी वकिल पनि बने ।

बाबा शिक्षक बनेका कारण पनि उनले औपचारिक शिक्षामा खासै समस्या हुन्न थियो । हुने विरुवाको चिल्लो पात, भनेझैं सानैमा उनी पढाईप्रति पनि विशेष झुकाव राख्थे, उनले ।

पढाईलाई निरन्तरता दिने क्रममा उनी एमपएि पढ्दै थिए । जुनबेला कलेजको लाईब्रेरीमा टाँसिएको एउटा सूचना, जुन सूचना हुँदो हो, राष्ट्रिय गान रचना सम्बन्धिको, यसैलाई उनले आफ्नो आधार मानेर रचनामा काम गरे ।

यसैसँगै अन्ततः उनले पछि सफलता पनि हाँसिल गरे । पेशाले वकिल भएपनि उनी साहित्यप्रतिको गहिरो मायाँ भने सकुशल नै थियो । त्यसैले उनले राष्ट्रसमेत लेख्न सके ।

त्यससँगै साहित्यमा एक प्रखर भएकै कारण सो गानले उनलाई परिचित बनायो । तर, बिचमा एक कन्ट्रोभर्सियल कुरा पनि जोडिएको छ । उनी भन्छन् ।

उनको त्यो सफलतामा, उनले गित लेख्दालेख्दै राष्ट्रगान चयन कार्यदलले गित बुझाउन तोकेको समय सकिसकेको थियो । त्यसपछि पनि शायद राम्रो गित नआएको कारण होला, कार्यदलले १५ दिनको समयको थप गर्यो, त्यस समयको पनि अन्तिमतिर बुझाएका उनको त्यो गितले अन्ततः विशेष स्थान पायो ।

उनले परिवर्तन खबरसँग कुराकानीको क्रममा भने, त्यो समय मेरो लागि साँच्चै नै एक महत्वपुर्ण हुँदो हो ।

सफलतालाई आफ्नो जीवनमा भित्र्याईसकेका उनी अहिले भने, एक सादा जीवन उच्च विचारमा जिईरहेका छन् ।

उनी नेपालको गौरव,

गौरव हामी सबैको

सबै हामी नेपाली

जय देश !

प्रतिक्रिया दिनुहोस्