
०८ पुस २०७५, इटहरी
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी आफ्नो निर्वाचन क्षेत्रमा भईरहेका बिकास निमार्ण कार्यको अनुगमनमा सक्रीय भएका छन् । भण्डारीले आफ्नो क्षेत्र सुनसरी क्षेत्र नं. १ ‘क’ मा रहेका विकास निर्माण तथा योजनाहरुको अनुगमन गर्न सक्रीय भएका हुन् ।
भण्डारीले धरान–१५ स्थित कृष्ण पथको सडक निर्माण, धरान–५ स्थित तल्लो देउरालीमा सडक निर्माण तथा अन्य विकास निर्माणको लागी अनुगमन निरिक्षण गरेका छन् । सभामुख भण्डारीले स्थानीय आवश्यकता अनुसारका योजनाहरु कसरी निर्माण गर्न सकिन्छ भन्ने सन्दर्भमा सुझाव संकलन गर्ने तथा आवश्यकता के छ भन्ने बुझ्नको लागी स्थानीयमाझ आएको बताए । उनले प्रदेश सरकारले चाडै बजेट कार्यान्वयन गर्ने भन्दै जनताका पहिलो आवश्यकतामा रहेका योजनाहरुलाई प्राथमिकता दिने सरकारको नीति रहेको बताए ।
सभामुख भण्डारीले नै धरान–९ स्थित सिद्धिविनायक पथ, धनकुटे रोडमा रहेको खहरे पुल तथा खहरे किनारमा सडक निर्माणको सम्भाव्यता बारे बुझेका थिए ।
पहिले खहरे खोलाले धनकुटे रोडको पुल भत्काएको र अहिले नयाँ बनाएको पुल फेरी भत्काउला भनेर सुरक्षित गर्नुपर्ने साथै खहरेको किनारबाट सडक बनाउन सकिने भएपनि बजेट अभाव भएकोले सभामुखलाई आग्रह गरेको बताए ।





