
०८ पुस २०७५, काठमाडौं
नेपालमा दिनानुदिन बढदै गरेको महङगीले एउटी श्रीमती धान्न समेत मुस्कील परिरहेको बेला संयुक्त अरब ईमिरेटस युएई सरकारले भने दुईवटी श्रीमती विवाह गर्नेलाई अतिरिक्त घरभाडा दिने भएको छ ।
अन्तर्राष्ट्रिय मिडयाका अनुसार युएईका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुईमीले संघीय संघीय परिषदको बैठकमा अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै पूरुषहरुलाई दोस्रो विवाहको प्रोत्साहन स्वरुप यस्तो अनौठो निर्णय गरेको बताएका छन् । उनको यो घोषणासँगै अब युएईमा अविवाहित महिलाहरुको दर घट्ने समेत अनुमान गरिन थालिएको छ ।
मन्त्री अब्दुल्लाहका अनुसार दुईवटी श्रीमती राख्नेलाई शेख जायद हाउजिङ्ग कार्यक्रम अन्तर्गत आवास भक्ता प्रदान गरिने बताए ।





