सघैँ मेथीका दाना खानुहोस् र मेथीका दानाबाट हुने फाइदाजनक कुरा के रहेछ त?



०८ पुष २०७५, काठमाडौं

चिसो मौसममा मेथीको उपभोग गर्नु निकै लाभदायक मानिन्छ ।मेथीको पातमा सौन्दर्यवर्धक गुण रहेको हुन्छ जसले तपाईको छाला सम्बन्धि सम्पूर्ण विकारलाई हटाएर चमक ल्याउँछ ।

मेथीको अचार, पराठा, साग, मसाला यी सबै परिकार शारीरिक स्वास्थका लागि एकदमै फाइदाजनक मानिन्छ । यससँगै मेथीको अर्को एउटा फाइदा पनि रहेको छ जुनबाट तपाई अनविज्ञ रहनु भएको हुनसक्छ । मेथीले तपाईको छालाको सौन्दर्यतालाई निखार्न निकै ठूलो सहयोग र्पुयाउँछ ।

मेथीको दानाले अनुहारमा आउने खील भएको डण्डीफोरलाई रोक्न मद्दत गर्छ । यसबाहेक यसले अनुहारमा रहेका डण्डीफोर वा आगोले पोलेको घाउको दागलाई पनि हटाउन मद्दत र्पुयाउँछ ।

मेथीको दानाले अनुहारको गम्भिर समस्या जस्तै चाउरी, कालो दाग, धर्का, संक्रमण आदिबाट छालाको रक्षा गर्छ । साथै यसले पुराना छालाका समस्याबाट पनि छूटकारा दिलाउँछ । यसले छालामा निखार र चमक पनि ल्याउने काम गर्छ ।

यसका लागि सबैभन्दा पहिले तपाईले मेथीको फेस प्याक तयार गर्नुपर्छ । मेथीको फेस प्याक बनाउनका लागि तपाई त्यसको दानाको पीठो बनाएर त्यसलाई महसँग मिसाएर राख्नुहोस् । राती दैनिक सुत्न अघि त्यसलाई आफ्नो डण्डीफोरमा लगाउनुहोस् र बिहान हल्का चिसो पानीले पखाल्नुहोस् । केही दिन यस्तो प्रक्रियालाई निरन्तरता दिएपछि तपाईको डण्डीफोर हराएर जान्छ ।

यसका लागि तपाईले मेथीको दाना, मेथी युक्त पानी, बेसन र दहीको प्रयोग गरेर फेसप्याक बनाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्