नेसनल युनाइटेडमा बास्केटबल : शुक्रबार फाइनल



०५ पुष २०७५, काठमाडौ

हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलले आयोजना गरेको प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता २०१८ को सातौं दिन ब्वाइज तथा गल्र्सको सेमिफाइनलका खेलहरु सम्पन्न भएको छ ।

आज सम्पन्न खेलहरुमा ब्वाइजतर्फ आ-आफ्ना प्रतिस्पर्धीहरुलाई पराजित गर्दै एन्जल हर्ट र स्काइलार्क स्कुल फाइनल प्रवेश गरेका छन् भने गल्र्सतर्फ भ्याली पब्लिक स्कुल र चाँदबाग स्कुलले फाइनल भेट पक्का गरे । फाइनल खेलहरु पौष ६ गते शुक्रबार हुनेछ ।

सोहि दिन प्याब्सन बृ्ढानीलकण्ठ नगरकमिटीका पदाधिकारीहरु तथा काठमाडौँ जिल्लाका महानगर सहित एघार वटै नगरपालिकाका व्याब्सन नगरकमिटीका अध्यक्षहरुलाई सम्मान गर्नुका साथै विजेता टिमहरुलाई पुरस्कार वितरण गरी कार्यक्रमको समापन गरिने आयोजक विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्