फोकस नेपालको राष्ट्रिय सेवा सम्मान कार्यक्रम सम्पन्न (फोटो फिचर)



०५ पुष २०७५, काठमाडौँ

फोकस नेपालको राष्ट्रिय सेवा सम्मान कार्यक्रम नेपाल पर्यटन बोर्डमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाल र नेपालीमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरु तथा विभिन्न संघ संस्थाका १९ जना प्रतिनिधीहरुलाई राष्ट्रिय सेवा कार्यक्रममा पूर्व मन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं ३ नं प्रदेशका सचिव समेत रहेका आनन्द प्रसाद पोखरेलले सम्मान गरेका थिए ।

मन्तव्य राख्दै ३ नं प्रदेशका सचिव पोखरेलले पर्यटन देश अर्थतन्त्रको मुख्य पाटो रहेको बताउदैं नेपाल कृषिमा आत्मनिर्भर बन्नुपर्ने र नेपाल भित्रिएका पर्यटकलाई नेपालमै उत्पादित खद्यपदार्थको महत्व बारे जानकारी गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता तथा स्वागत मन्तव्य फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले राखेका थिए भने संचालन डा. घनश्याम खतिवडाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्