तारकेश्वर प्याब्सन अध्यक्षमा धन बहादुर पुन सर्वसम्मत



०३ पुस २०७५, काठमाडौं

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन तारकेश्वर नगर कमिटीको अधिवेशन सम्पन्न भएको अधिवेशनले धन बहादुर पुनको अध्यक्षतामा १० सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको हो ।

आइतवार तारेकेश्वरमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा नारायण बहादुर खड्का, सचीवमा नवराज न्यौपाने, सहसचिवमा कमल प्रसाद ज्ञवालि, कोषाध्यक्षमा पबित्रा पौडेल सहकोषध्यक्षमा झनक राज शर्मा सदस्यहरु क्रमस राधाकृष्ण आर्याल ,देवी कुमार पौडेल ,सुमित्रा थापा र शान्ति कुमार श्रेष्ठलाई चयन गरेको प्याब्सन काठमाडौं जिल्ला सह–सचिव सुर्यबहादुर भण्डारीले जानकारी दिनुभयो ।

यो संगै काठमाडौं जिल्ला भित्र रहेका नगर कमिटीहरुको अधिवेशन सम्पन्न भएको काठमाडौ प्याब्सन जिल्ला उपाध्यक्ष प्रेम राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्