१ वर्षसम्म मोबाईल नचलाई बस्नेलाई १ करोड १४ लाख पुरस्कार दिईने ‘भिटामिन वाटर’ को घोषणा



०४ पौष २०७५, काठमाडौं

१ वर्षसम्म स्मार्ट मोबाईल नचलाई बस्नेलाई १ करोड १४ लाख पुरस्कार दिईने ‘भिटामिन वाटर’ ले घोषणा गरेको छ । पछिल्लो समय नेपालमा पनि स्मार्टफोनको प्रयोग झनै बढेर गईरहेको छ । यसकारण नेपालमा दिनानुदिन विभिन्न किसिमका मोबाईल भित्रिरहेका छन् ।

तर, ‘भिटामिन वाटर’ नामक एक संस्थाले एक च्यालेन्जेज कम्पिटिसनको आयोजना गरेको छ । यो प्रतिस्पर्धामा भाग लिने प्रतिस्पर्धीले एक वर्षसम्म मोबाईल फोनको प्रयोग गर्न नपाईन कम्पनीले दावी गरको छ । भिटामिन वाटरले #nophoneforayear भन्दै सो अम्याजिङ प्रतिस्पर्धाको आयोजना गरेको हो । प्रतिस्पर्धीले निर्धारित समयसम्म एक सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ ।

सम्बन्धित कम्पनीले यसलाई एक ठट्टा मात्रै नभएर एक च्यालेन्जेज कम्पिटिसनको रुपमा पुष्टि गरेको छ । ब्राण्ड म्यानेजर नातालिया सुवारेजले सिएनबिसिलाई दिएको जानकारीअनुसार मानिसहरुले आफ्नो खाली समयमा केही सिर्जनात्मक काम गर्न सकुन् भन्ने ध्येयका साथ सो प्रतिस्पर्धाको आयोजना गरिएको हो ।

प्रतियोगीले स्मार्ट फोन प्रयोग गरेको छ वा छैन भन्ने कुरा थाहा पाउनका लागि भने प्रतियोगीको पोलिग्राफ टेस्टबाट पत्ता लगाईने कम्पनीको दावी छ । यो अचम्मको प्रतिस्पर्धामा भाग लिन तपाईंले ट्वीटर वा इन्स्टाग्राममा फोटो पोष्ट गर्दै भिटामिन वाटरलाई आफ्नो स्मार्टफोनबाट किन ब्रेक चाहिएको छ भनेर बताउनुपर्नेछ ।

यसमा तपाईंले ह्यासट्याग #nophoneforayear र #contest पनि प्रयोग गर्नुपर्छ । रचनात्मक, रमाइला र क्वालिटीको आधारमा निर्णय लिइनेछ । प्रतिस्पर्धामा भाग लिनका लागि जनवरी ८ तारिखसम्मको समय छ । कम्पनीले जनवरी २२ तारिखमा प्रतियोगीको घोषणा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्