नेपालमै शिक्षक पदमा जागिर खान क्रिश्चियन हुनुपर्ने



०३ पुस २०७५, काठमाडौँ

नेपाललाई धर्म निरपेक्ष बनाउने खेलाडीहरुले कर्मचारी भर्तीमा पनि धर्मको खेल खेल्न थालेका छन् ।

यसको पछिल्लो उदाहरणको रुपमा सोमबार प्रकाशित टिच नेपाल नामक एउटा गैरसरकारी संस्थाको जागिरको विज्ञापनलाई लिन सकिन्छ । उक्त संस्थाले तोकेको मापदण्ड अलि गम्भीर र क्रिश्चियनिटीलाई बढवा दिने खालको थियो ।

प्रकाशित विज्ञापनमा शिक्षकको जागिर खानका लागि क्रिश्चियन परिवारमै जन्मिएको हुनुपर्ने छ र क्रिश्चियन शिक्षामै स्नातह तह पास गरको हुनुपर्ने उल्लेख छ । श्रृंखला यतिले मात्र रोकिदैन चर्चले प्रमाणीकरण गरेको सिफारिस पत्र पनि निवदेनमा समावेश गर्नुपर्ने देखिन्छ ।

सरोकारवाला निकायले यस्ता गतिविधिलाई चासो नदिने हो भने कुनै दिन सरकारी जागिर खान पनि चर्चको सिफारिस आवश्यक नपर्ला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्