इटहरीमा मेलमिलाप सम्बन्धी तालिम सुरु



०३ पुस २०७५, इटहरी

विवाद समाधानमा जनप्रतिनिधि महिला र सरोकारवाला महिलालाई सक्षम बनाउने उद्देश्यले इटहरीमा मेलमिलाप सम्बन्धी तालिम दिन थालिएको छ । न्यायको निर्णायकमा महिलाको कमी भईरहेको अवस्थामा दुहवि नगरपालिका स्तरीय मेलमिलाप सम्बन्धी तालीम इटहरीमा सुरु भएको हो । सेलर्ड नेपालको प्राविधिक सहयोगमा सुरु भएको तालिमको आयोजना पहँुच संस्थाले गरेको हो ।

आगामी पौष ६ गते सम्म संचालन हुने तालिमको दुहबी उपमहानगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक सुनिता दाहाल शाह र महिला विकास अधिकृत मञ्जु लोहनीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

दुहबी नगरपालिका भित्रका १२ वटै वडाका महिला सदस्य २४ जना त्यस्तै न्यायिक समिति सदस्य तथा उपमेयर शाहका सचिव २ र अन्य गरी तालिममा ५३ जनाको सहभागिता रहेको छ । बिहान ८ बजे बाट साँझ ७ बजेसम्म सञ्चालन हुने तालिमको मुख्य प्रशिक्षक सेलर्ड संयोजक अधिवक्ता विरेन्द्र बस्नेत लगायतले सहजिकरण गर्नेछन् । तालिममा कुनै पनि विवाद या समस्यालाई दुबै पक्षमा जितको अवस्था कसरी पुुर्याउन सकिन्छ भनेर सिकाइने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्