
०२ पुष २०७५, काठमाडौं
विश्व वातावरणमा आएको परिवर्तनसँगैं आज उपत्यकासहित देशभरको तापक्रम घटेको छ । आज विहानको न्युनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेसँगै जाडो पनि बढ्दै गएको छ । सोमबार यो वर्षकै कम तापक्रम मापन गरिएको हो । आइतबार काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । सोमबार दिउँसो काठमाडौंसहित देशका पहाडी भेगमा आशिक बदली हुने सम्भावना छ ।
पूर्वका उच्च पहाडी र मध्येको उच्च पहाडी भेगमा भने हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा लगातार हिमपात भइरहेको छ । जाडोको समयमा न्यानो कपडा लगाउँने अत्याधिक मात्रामा तातो झोल भएको खानेकुरा खाने गर्नुपर्छ । जाडोको समयमा बच्चा र वृद्धहरुको विशेष ख्याल गर्नुपर्दछ ।





