पत्रकारलाई धन्यवाद दिदै सांसद भट्टराईले फिर्ता गर्ने भए घरभाडा रकम



०१ पुस २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय नेता तथा सांसद योगेश भट्टराईले  मंसिर २९ गते कान्तिपुर दैनिकमा छापिएको समाचारप्रति ध्यानाकर्षण गर्दै संसद सचिवालयले भूलवस दिएको घरभाडा बापतको रकम फिर्ता लिन वा आफ्नो तलबबाट कटाउन अनुरोध गरेका छन् ।

सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घरभाडा लिनेको सूचिमा आफ्नो नाम परेकोमा उनले आश्चर्य व्यक्त गरेका छन् । संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा दु:ख समेत व्यक्त गरेका छन् ।

सांसद भट्टराईद्वारा जारी प्रेस विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्