
०१ पुष २०७५, काठमाडौँ
१३ औं अन्तरविद्यालय फेका कप फुटबल प्रतियोगिता समापन समारोहको अवसरमा हिमालयन हिरोज नामक अभियानले नाटक प्रदर्शन गरेको थियो ।
शनिवार पेप्सीकोला टाउन प्लानिङको खेल मैदानमा प्रदर्शन गरिएको उक्त सिर्जनात्मक नाटकले वातावरण जोगाउनकोलागि थुप्रै शन्देश प्रदान गरेको थियो । प्लास्टीकले ज्यान जोगाउन र मार्न पनि सक्छ भन्ने सन्देश दिएको उक्त नाटकले प्लास्टकि प्रयोग पछि व्यवस्थापन गर्न सक्नु पर्ने सन्देश दिएको थियो । उक्त अभियानको समर्थनकालागि हस्ताक्षर संकलन समेत गरिएको थियो ।

परिवर्तन खबर सँग कुरा गर्दै न्यु स्टार पोलका प्रिन्सीपल राजिव खरेलले वातावरण जोगाउन प्लास्टीक जहाँ प्रयोग गर्याे त्यहा नै त्यसको व्यवस्थीत समापन गर्नु पर्दछ । उनले भने हामीले यो अभियानकोरुपमा विकास गरिरहेका छौ । यसलाई हामीले देशब्यापी बनाउन चाहन्छौ ।

सो अभियानको शुरुवात न्यु स्टारपोल विद्यालयबाट भएको हो र यसले अहिले सम्म एक वर्षे यात्रा पार गरि सकेको छ भने क्लिन अप नेपाल राष्ट्रिय अन्तर विद्यालय पोष्टर बनाउने प्रतियोगितामा प्रथम भईसकेको उनले बताए । उक्त अभियानको मिडिया पार्टनर प्रतिस्पर्धा नेपालले गर्ने भएको जानकारी मिडिया प्रालीको स्कुल विभाग प्रमुख मिना दाहालले बताईन् । जसमा कार्यक्रमको समाचार प्रकाशन तथा प्रशारण गरिने छ ।





