शहीद स्मारक ए डिभिजन लिग : थ्री स्टारद्वारा मछिन्द्र १–० ले पराजित



२९ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको खेलमा आज भएको खेलमा थ्री स्टारले जित हात पारेको छ ।

हलचोकस्थित एपीएफ मैदानमा भएको खेलमा थ्री स्टारले मछिन्द्र क्लबलाई १–० ले हराएको हो । खेलको १२ औ मिनेटमा रन्जित धिमालले गरेको गोल नै थ्री स्टारका लागि पर्याप्त भयो ।

जितसँगै थ्री स्टारले ८ खेलबाट २१ अंक जोडेको छ । त्यस्तै मछिन्द्र भने ३ अंक सहित अंक तालिकाको अन्तिममा छ ।

प्रतिक्रिया दिनुहोस्