नेपालको पहिलो ‘द भ्वाईस अफ नेपाल’ सिडी विजय अधिकारी(भिडियोसहित)



२९ मंसिर २०७५, काठमाडौं

चर्चित गायन रियालीटि शो ‘द भ्वाईस अफ नेपाल’ ले आफ्नो पहिलो ‘भ्वाईस अफ नेपाल’ का रुपमा पोखराका सिडी विजय अधिकारीलाई पाएको छ ।

कतार, दोहास्थित एम्पी थिएटरमा भएको अन्तिम इपिसोडमा आफुसँगै रहेका ३ कन्स्टेन्टेनलाई उछिन्दै नेपालकै सबैभन्दा पहिलो भ्वाईस अफ नेपालको उपाधी अधिकारीले जितेका हुन् । भोटिङ्का आधारमा गरिएको रिजल्टमा कुशल आचार्य, सप्तक दुतराज, तथा सिर्जय थपलियालाई पछि पार्दै उनले सो उपाधी हात पारेका हुन् ।

जितसँगै उनले नगद २५ लाख, २० लाख बराबरको एल्वं कन्ट्र्याक तथा एक कारसमेत जितेका हुन् ।

भिडियो हेर्नुहोस्

https://youtu.be/No3Stfx4mGw?t=640

प्रतिक्रिया दिनुहोस्