गाँउपालिकामा ‘नाम्स्योर थुलुङ बोक्छेम’ पढाउने शिक्षकको नियुक्ति छिट्टै हुन्छ : अध्यक्ष असिम राई



२९ मंसिर २०७५, काठमाडौं

किराँतीभित्रको एक समुदाय थुलुङहरुको ‘नाम्स्योर थुलुङ बोक्छेम’ अर्थात ‘सजिलो थुलुङ ब्याकरण’ आज लोकार्पण गरिएको छ ।

काठमाडौं कोटेस्वरस्थित सुम्निमा हलमा सम्पन्न भएको कार्यक्रमले थुलुङहरुको भाषालाई जगेर्ना गर्ने जमर्कोमा ‘बोक्छेम’ लोकर्पण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख अतिथी थुलुङ दुधकोशी गाँउपालिकाका अध्यक्ष असिम राईले थुलुङहरुको भाषा, संस्कृति तथा परम्परागत अस्थित्वलाई बचाउन गाँउपालिकामा अब छिट्टै थुुलुङ शिक्षकको नियुक्ति गर्ने बताएका छन् ।

साथै उनले यो काम प्रशंसनीय भएको बताउँदै यस्तो थप काम गर्नेका लागि आर्थिक अभाव पार्न नदिने बचन समेत ब्यक्त गरेका छन् ।

यसअघि नै ‘हालाम–को’ अर्थात कक्षा–१ को पाठ्यक्रम प्रकाशित गरि पढाई सुरु गरिसकेको थुलुङले आज ‘बोक्छेम’ लोकार्पन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्