महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालको पहिलो भेट भुटानसँग



२८ मंसिर २०७५, काठमाडौं

विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने भएको छ । साउथ एसियन फुटबल फेडेरेसनले शुक्रबार सार्वजनिक गरेको खेल तालिकामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वीको रुपमा भुटान पाएको हो ।

समूह ए मा रहेको नेपालले २०१९ को मार्च १२ तारिखमा विराटनगरको शहीद रंगशालामा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, नेपालले आफ्नो दोस्रो खेलमा मार्च १४ तारिखमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १६ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ए मा आयोजक नेपालसँगै बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् । त्यस्तै, समूह बी मा भने भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल मार्च २० तारिखमा हुने छ भने फाइनल मार्च २२ तारिखमा हुने छ । नेपालको उपाधि जित्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्