शहीद स्मारक ए डिभिजन लिग : मनाङलाई अर्को सफलता, आर्मीको भने ब्याड लक



२८ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा मनाङ मरस्याङ्दी क्लबले जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा मनाङले १–० गोलले हराएको हो । मनाङका लागि विशाल राईको एक गोल पर्याप्त बन्यो । मनाङका लागि विशालले खेलको ३१ औं मिनेटमा गोल गर्दै अग्रता पनि दिलाएका थिए ।

जितसँगै मनाङले २० अंक जोडेको छ, भने उता आर्मी भने १७ अंकमा अडिएको छ । मनाङ सबै खेलमा जित निकाल्ने टोली पनि हो ।

प्रतिक्रिया दिनुहोस्