एभरेष्ट प्रिमियर लिग : काठमाडौँ किङ्सद्वारा ललितपुर प्याट्रीयटर्सलाई ११० रनको लक्ष्य



२६ मंसिर २०७५, काठमाडौं

एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ किंग्सले ललितपुर प्याट्रीयटर्सलाई ११० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको काठमाडौँले १९.५ ओभरमा अल आउट हुदै १०९ रन मात्र बनाएको छ ।

काठमाडौँका लागि केभिन ओ ब्रायनले सर्वाधिक ४२ रन बनाएका थिए। केभिनले ३३ बलमा २ छक्का र ३ चौकासहित ४२ रन बनाएका थिए। काठमाडौँका लागि सम्सद सेखले १० रन बनाएका थिए भने सिद्धान्त लोहोनीले २१ रन बनाएका थिए । काठमाडौँका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए। काठमाडौँका सागर पुन, नरेश बुढा एयर र प्रदीप साहु शुन्य रनमा आउट भएका थिए। त्यस्तै अमित श्रेष्ठले ६, राजु रिजालले ८, सुब्रमन्नियन आनन्दले ९ रन बनाएका थिए। त्यस्तै जितेन्द्र मुखियाले ४ तथा चन्द्र पौडेलले २ रन बनाएका थिए ।

ललितपुरका लागि पवन सराफले उत्कृष्ट बलिङ्ग गर्दै ४ ओभरमा २२ रन दिएर ३ विकेट लिएका थिए । सराफले केभिन, साहु र आनन्दलाई आउट गरेका थिए । त्यस्तै रसिद खान र यज्ञसिंह कार्कीले २(२ विकेट लिए भने सन्नी पटेलले एक विकेट लिएका थिए । ललितपुरले केहि बेरमा नै जवाफी ब्याटिंग गर्दै छ ।

प्रतियोगितामा काठमाडौँले एक खेल खेल्दै जित हासिल गरेको छ भने ललितपुरले ३ खेलमा २ मा जित र एकमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्