नेपाली महिला टोलीको प्रशिक्षण आजबाट



२६ मंसिर २०७५, काठमाडौ

आगामी मार्च ११ बाट नेपालमा हुने लागेको साफ महिला फुटबलको प्रशिक्षण आजबाट सुरु हुने भएको छ । प्रतियोगिता हुन करिब ३ महिना  बाँकी छँदै नेपाली महिला टोलीले भने तयारी थालेको हो ।

एन्फाले आजबाट ३३ खेलाडीलाई अनुबन्धित गरि प्रशिक्षण सुरु गरेका हो । प्रतियोगितामा यू–१९ बाट पनि खेलाडीहरु छानिएका छन् । प्रधानसेनापति कपमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा उनीहरुलाई सेलेक्सन टाक्समा राखिएको बताईएको छ ।

पाँचौं संस्करणको खेल नेपालमा भईरहँदा नेपाललाई पनि उपाधी दाबेदारको रुपमा हेरिएको छ । नेपाली दर्शकको सर्पोट तथा घरेलु मैदानमा भएका कारण उनीहरुलाई पनि उपाधी दाबेदारको रुपमा लिईएको हो ।

खेलको ईतिहाँसमा अहिलेसम्म नेपालले भारतको पोल्टाबाट भने जितलाई खोस्न सकेको छैन । समूह ‘ए’ मा परेको नेपालले राम्रो तयारी गरि रिभल्र्सलाई पछाडी पार्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्