युरोपियन च्याम्पियन्स लिग : नापोलीलाई हराउँदै लिभरपुल अन्तिम १६ मा



२६ मंसिर २०७५, काठमाडौं

इजिप्टिएन स्टार मोहमद सालाहको १ मात्रै निर्णायक गोलको मदतमा इंग्लिस क्लब लिभरपुल इटालियन क्लब नापोलीलाई हराउँदै युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

संकटपूर्ण अवस्थामा अन्तिम १६ मा जान शतप्रशित जितको दबाब लिएर मैदान उत्रिएको उसले पाहुना टोली इटालियन नापोलीमाथि १–० को साँघुरो जित निकाल्दै अर्को चरणको टिकट काटेको हो । लिभरपुल समूह ‘सी’ को उपविजेता बन्दै अर्को चरण पुगेको हो । यस समूहबाट फ्रेन्च क्लब पिएसजी समूह विजेता बनेर अन्तिम १६ मा पुग्यो ।

निकै प्रतिस्पर्धात्क खेलमा लिभरपुलाई खेलको ३४औं मिनेटमा सालाहले गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले जेम्स मिल्नरको पासमा गोल गरेका थिए । त्यसपछि खेल अवधिभर दुवै टोलीले गोल गर्न नसकेपछि खेल लिभरपुलले १–० ले जित्यो ।

यो जितसँगै लिभरपुल र पराजित नापोलीको खातामा समान ९–९ अंक भए पनि हेड टु हेडका अधारमा नापोलीलाई पछि पार्दै लिभरपुल अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्