एभरेष्ट प्रिमियर लिग : विराटनगर वारियर्सद्वारा भैरहवा ग्लाडीयटर्सलाई ९२ रनको लक्ष्य



२६ मंसिर २०७५, काठमाडौं

एभरेष्ट प्रिमियर लीग क्रिकेटमा  विराटनगर वारियर्सले भैरहवा ग्लाडीयटर्सलाई ९२ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा भैरहवाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा अलआउट हुँदै ९१ रन बनाउन सक्यो । विराटनगरका लागि भान डेर मेर्वीले २५ रन जोड्दा करण केसीले १८ रन जोडे । यस्तै सुमित महर्जनले १५ रन जोड्दा हरि बहादुर चौहानले अविजित १३ रन बनाए ।

विराटनगरलाई सस्तैमा समेट्न भैरहवाका लागि मोहमद नाभिदले उत्कृष्ट बलिङ गरे । नाभिदले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए । यस्तै कृष्ण कार्की र अविनाश बोहोराले २ २ विकेट लिए।  अहिले भैरहवाले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्