रोयल रिर्साेट बलात्कार काण्डका दोषीलाई १० वर्ष कैद सजाय



२५ मङ्सिर २०७५, इटहरी

गएको अङ्ग्रेजी नयाँ वर्षका दिन इटहरीमा भएको चर्चित बलात्कार काण्डको अदालतले किनारा लगाएको छ । गएको जनवरी १ तारिकमा इटहरीको रोयल रिर्सोटको एक कोठामा भएको बलात्कारका दोषीलाई अदालतले १०÷१० वर्षको सजाय सुनएसंगै यो मुद्दाको किनारा लागेको हो । एक वर्ष अघि इटहरीस्थित रोयल रिर्साेटमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका जीवन कुमार श्रेष्ठ (मनिस) र जोकम सुब्बा लिम्बुलाई १०–१० वर्ष कैद र जनही १० हजारको दरले जिल्ला अदालत सुनसरीले जरिवाना सजाय तोकिएको हो ।

जिल्ला न्यायाधीश ध्रुव कुमार उप्रेतीको इजलासले होटेलमा लगेर भिडियो समेत बनाइ जबरजस्ती बलात्कार गरेको प्रमाण सहितलाई आधार बनाएर कैद र जरिवाना तोकिएको बताइएको छ ।

दुवैलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार लगिने छ । यस घटनामा पीडित र पिडक बिच मिलापत्र गराउने विषयमा तत्कालीन सुनसरी जिल्लाका एसपी बिद्यानन्द माझी सहित एक इन्स्पेक्टर निलम्बनमा परेका थिए । पछि दुवै जना प्रहरी अधिकृतको निलम्बन फुकुवा भएको थियो ।

इटहरीको चर्कित यस बलात्कार काण्डमा प्रहरीले घटना र मिलापत्रको विषयमा छानबिन समिति नै गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्