सिपी फुटबल प्रशिक्षक प्रशिक्षणका लागि नेपालबाट ३ प्रशिक्षक बंगलादेश जाँदै



२५ मंसिर २०७५, काठमाडौं

सिपी फुटबल प्रशिक्षक प्रशिक्षणको लागि आज (मंगलबार) ३ प्रशिक्षक नेपालबाट बंगलादेश जाने भएका छन् ।

बंगलादेशको राजधानी ढाकामा आगामी मंसिर २६ बाट ३० सम्म संचालन हुने प्रशिक्षण कार्यक्रका लागि ३ प्रशिक्षक आज बंगलादेशतर्फ जाने भएका हुन् । जसका लागि शान्तकुमार सापकोटा, निर्मल लामा तथा प्रेम बहादुर कोईराला जाने भएका छन् ।

सेरेब्रल पाल्सी अर्थात मस्तिष्कघात भएकाहरुले खेल्ने फुटबल सिपी फुटबल नेपाल लगायत दक्षिण एशियामै भर्खरै सुरु भएको खेल हो ।
अमेरिकातिर यसको धेरै ठुला ठुला प्रतियोगिता हुँदै आएपनि नेपालमा भने यसको प्रभाव खासै परेको देखिदैन ।

यसको विकास गर्नका लागि नेपालमा पनि पछिल्लो समय सिपी फुटबल युनियनको स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्