युरोपियन च्याम्पियन्स लिग : समूह चरणअन्तर्गत अन्तिम चरणका खेलहरू हुँदै



२५ मंसिर २०७५, काठमाडौं

युरोपियन च्याम्पियन्स लिग फुटबलमा आजबाट समूह चरणअन्तर्गत अन्तिम चरणका खेलहरू हुँदैछन् । आज पहिलो दिन जम्मा ८ खेल हुनेछन् ।

आज हुने ८ खेलमध्ये केही खेलमा ठूला टोलीका निर्णायक खेल पनि हुँदैछन् । आज हुने ८ खेलमध्ये इटालियन इन्टर मिलान, इंग्लिस क्लब टोटनह्याम, फ्रेन्च क्लब पिएसजी, इटालियन नापोली र इंग्लिस कलब लिभरपुलका खेल सबैभन्दा केन्द्रमा हुनेछन् ।

किनभने, यी सबै टोलीका लागि अन्तिम १६ मा जान आज रातिका अन्तिम खेल ‘गर या मर’ बराबर हुनेछन् ।

आज हुने खेल र समय–

शाल्के भर्सेस लोकोमोटिभ मोस्को – राति ११ः४० बजेदेखि

गालाटासरी भर्सेस पोर्टो – राति ११ः४० बजेदेखि

क्लब ब्रुगीविरुद्ध एथ्लेटिको मड्रिड – राति १ः४५ बजेदेखि

इन्टर मिलान भर्सेस पिएसभी – राति १ः४५ बजेदेखि

बार्सिलोना भर्सेस टोटनह्याम – राति १ः४५ बजेदेखि

रेड स्टार बेलग्रेडविरुद्ध पिएसजी – राति १ः४५ बजेदेखि

मोनाकोविरुद्ध बोरुसिया डर्टमुन्ड – राति १ः४५ बजेदेखि

लिभरपुलविरुद्ध नापोली – राति १ः४५ बजेदेखि

प्रतिक्रिया दिनुहोस्