युवा तथा खेलकूद मन्त्री विश्वकर्मा सम्मानित



२४ मंरि २०७५, काठमाडौं

युवा तथा खेलकूद मन्त्री जगत बहादुर विश्वकर्मा सम्मानित भएका छन् ।

भारतीय दलित साहित्य एकेडेमीले नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा विश्वकर्मा ‘डा. अम्बेडकर अन्तराष्ट्रिय अवार्ड–२०१८’ बाट सम्मानित भएका हुन् ।

दलित तथा पिछाडिएका बर्गहरुको उत्थानमा पुर्याएका योगदानको सम्मान गर्दै उनलाई अवार्डेड गरिएको उनका स्वकीय सचिब सुशील विकले जनाकारी दिए ।

सो पुरस्कार दलित आन्दोलनका अगुवा तथा भारतीय संविधानका निर्माता डा. भिमराव अम्बेडकरको स्मृतिमा स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्