शहीद स्मारक ए डिभिजन लिग : आर्मीद्वारा ब्वाईज पराजित



२४ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको खेलमा आर्मी क्लबले विग्रेड ब्वाईजलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्वाईजलाई १–० ले हराएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरी  खेलेका टोलीहरुको नतिजा खेलको दोस्रो हाफमा गएर फेरबदल भएको हो ।

आर्मीका लागि खेलको ६७ औं मिनेटमा टंक बस्नेतले गोल गरे ।

जितसँग आर्मीले ७ खेलबाट १७ अंक जोडेको छ भने, यता ब्वाईज ४ अंकसहित ११ स्थानमा आसिन छ ।

प्रतिक्रिया दिनुहोस्