लेभीको चमत्कार, राइनोजको जितको सार



२४ मंसिर २०७५, काठमाडौं

दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभीले अहिले नेपामा संचानल भईरहेको एभरेष्ट प्रिमियर लिग खेलिरहेका छन् । पोखरा राइनोजबाट आफ्नो कला प्रदर्शन गरिरहेका लेभी विश्व क्रिकेटको एक अथक क्रिकेटर हुन् ।

मंसिर २२ बाट किर्तिपुरमा रहेका त्रिभुवन क्रिकेट मैदान भईरहेको खेलमा अन्य देशका धेरै विदेशी खेलाडीहरुको पनि सहभागित रहेको छ ।
लेभीले हिजो (आईतबार) भैरहवासँगको खेलमा इतिहाँसकै ठुलो योगफल तयार पारेका छन् ।

उनले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारे । ३० वर्षिय लेभी पिएल खेल्ने सबैभन्दा ठुलो नामका रुपमा हेर्ने गरिन्छ ।

उनले सन् २०१२ मा न्युजील्याण्ड विरुद्ध ४५ बलमै शतक बनाउँदै टी–२० अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो शतक बनाउने खेलाडी भएका थिए ।

यस्तै उनले यहाँ इपीएलमा पनि सो रेकर्ड दोहोर्याउन खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्